सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार मा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड त्रियहत्तर लाख एकचालिस हजार रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ । 

थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ । 

\"\"