नेप्सेमा ३ लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा ३ लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले सपोर्ट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । 

तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। १ हजार ७६९ दशमलव २३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू। २ हजार ३०० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा गर्ने जानकारी कम्पनीले दिएको हो ।

त्यस्तै, नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू। १ हजार ४२७ दशमलव ५० तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू। १ हजार ७१३ मा अन्तिम कारोबार भएको थियो ।

सूर्योदय लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न पुस १६ गते सहयात्री पार्टि प्यालेस गुडिखोला, स्याङ्जामा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुने बताइएको छ ।

त्यसैगरी, नेप्सेले वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। १ हजार ३४० दशमलव ८३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ६०९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

वोमी लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित पुस १६ गते होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा १०औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरू हुनेछ ।

सभाले सूर्योदय लघुवित्तसँग १ बराबर १ अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । यसका, साथै मर्जरपश्चात बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।