स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाले १३.०६% लाभांश पारित गर्‍यो

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाले १३.०६% लाभांश पारित गर्‍यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ नेपाल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

नयाँबानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

सभाले बोनस शेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ। 

साधारण सभाको अध्यक्षता कम्पनीका अध्यक्ष जरिन दारुवालाले गरेकि थिइन् ।