बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
मंसिर २८ गते सम्पन्न फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।





About Us
प्रतिक्रिया