ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ % बोनस शेयर पारित

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ % बोनस शेयर पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

मंगलवार पोखरामा सम्पन्न सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  

उक्त कम्पनीको गत मंसिर १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । कम्पनीले हालसम्ममा ५४ जिल्लामा ११८ ओटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
२८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख पुगेको छ ।