सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवार बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा गर्ने जानकारी कम्पनीले दिएको हो ।