कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

कृषि विकास बैंकको ऋणपत्र सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलवार नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

कम्पनीको दुई ओटा कृषि ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले आगामी ८ वर्षको लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्कासन गरेको ६० लाख कित्ता कृषि ऋणपत्र सूचीकृत गराएको हो ।

त्यसैगरी, अर्को ९ वर्ष अवधिका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा  निष्कासन गरेको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यी दुवै ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

मंसिर २८ गते नेपाल स्टक एक्सचेञ्ज र कृषि विकास बैंकबिच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बुधवारबाट कारोबार शुरु हुनेछ ।