मंगलबार नेप्सेमा ७० कम्पनीको शेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट

मंगलबार नेप्सेमा ७० कम्पनीको शेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर बन्द भएको हो ।  

यस अवधिमा नेप्से १३७.१८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । यस अवधिमा एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ७० कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, विशाल बजार कम्पनी, नेपाल फाइनान्स, बेष्ट फाइनान्स कम्पनी, गुडवील फाइनान्स र सेन्ट्रल फाइनान्स लगायत कम्पनीहरु रहेका छन् । 

आज पोजेटिभ सर्किट लाग्ने कम्पनीहरु:

 

\"\"

\"\"

\"\"