मंगलवार नेप्सेमा सकारात्मक सर्किट, परिसूचक ६ प्रतिशत बढेपछि आजको लागि कारोबार

मंगलवार नेप्सेमा सकारात्मक सर्किट, परिसूचक ६ प्रतिशत बढेपछि आजको लागि कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
पहिलो दुई घण्टा नपुग्दै ५ प्रतिशत बढेपछि ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यपछि पुनः खुल्ने बित्तिकै लगातार ६ प्रतिशत बढपछि मंगलवारको लागि शेयर कारोबार बन्द भएको हो । 

नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनााम ६ दशमलव शून्य १ प्रतिशत वृद्धि भएर २ हजार ४१८ दशमलव ८४ विन्दुमा पुगेको छ । यस अवधिमा नेप्से १३७.१८ अंकले बढेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका २२० धितोपत्रको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर २९ हजार ६४ पटकमा रू. १ अर्ब ८४ करोड २६ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १३ ओटा समूहको परिसूचक समग्र वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ९ दशमलव २ प्रतिशत वृद्धि भएको छ । 

त्यसैगरी, बैंकिङ समूहको परिसूचक ४ दशमलव २९ प्रतिशत, व्यापार समूहको ८ दशमलव शून्य १ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ६ दशमलव १७ प्रतिशत, हाइड्रोपावर समूहको ७ दशमलव ८४ प्रतिशत, वित्त समूहको ८ दशमलव ६२ प्रतिशत, निर्जीवन बीमा समूहको ६ दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५ दशमलव ७४ प्रतिशत, अन्य समूहको ७ दशमलव २३ प्रतिशत, लघुवित्त समूहको ६ दशमलव ५८ प्रतिशत, जीवन बीमा समूहको ५ दशमलव ४४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ६८ प्रतिशत र लगानी समूहको परिसूचक ८ प्रतिशत वृद्धि भएको छ ।