सिद्धार्थ बैंकको सीईओमा सुन्दर प्रसाद कँडेल नियुक्त

सिद्धार्थ बैंकको सीईओमा सुन्दर प्रसाद कँडेल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । 

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कँडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कँडेल आगामी चार वर्षका लागि मंसिर २७ गतेदेखिनै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।