सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा सानोश्री,बर्दियामा

सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा सानोश्री,बर्दियामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ मंसिर २७ गतेका दिन सानोश्री, बर्दिया शाखा सञ्चालनमा ल्याएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका वडा नं. ०६ , सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो । 
बैंकले मंसिर २७ गते सोमबार सो शाखा संचालनमा ल्याएको हो । 

सानोश्री शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना समेत  बनाएको छ। 
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस कसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।