नेपाल पुनर्बीमा कम्पनीले बोलायो छैठौं साधारण सभा १९% लाभांश पारित गर्ने

नेपाल पुनर्बीमा कम्पनीले बोलायो छैठौं साधारण सभा १९% लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले छैठौं साधारण सभा पुस २२ गते बोलाएको छ ।
सभा कार्की ब्यांक्वेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गते ९एक दिन० बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।