नारायणी डेभलपमेन्ट बैंकको ४३ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ४३ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको ४३ हजार ४८२ कित्ता संस्थापक शेयर मंसिर २८ गतेदेखि लिलामीमा आएको छ । बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र शेयर खरिद गर्न चाहेमा बैंकको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले गराएको छ ।