सहुलियत पूर्ण ऋणको दुरुपयोग, जरिवानासहित ब्याज असुलउपर गर्न महालेखाको निर्देशन

सहुलियत पूर्ण ऋणको दुरुपयोग, जरिवानासहित ब्याज असुलउपर गर्न महालेखाको निर्देशन


काठमाडौं – महालेखा परिक्षकको कार्यालयले एकसाठ्ठिऔं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक राजश्व कार्यालय, धनगढी अन्तर्गतका एक करदाताले सहुलियतपूर्ण ऋणको दुरुपयोग गरेकाले जरिवानासहित छुटको ब्याज रकम असुल उपर गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदनमा उल्लेख भए अनुसार ती करदाताले आय वर्ष २०७६।७७ मा कृषी मन्त्रालयको स्वीकृतिमा ४ करोड ९५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त  गरेकोमा सो वर्षको वित्तीय विवरण अनुसार ऋण मौज्दात ३ करोड ३० लाख रुपैयाँ रहेको छ।

‘करदाताले ब्याज सहुलियतमा प्राप्त ऋण सो वर्षभरि उपयोग गरी ४२ हजार मात्र प्राप्ति लेखाङ्कन गरेको छ। सरकारी कोषबाट सहुलियत ब्याज बेहोरने ऋण रकम सोही प्रयोजनमा प्रयोग नगरी अन्य प्रयोजनमा उपयोग गरी सो बापतको कुल ब्याज खर्च १ करोड ८६ लाख ४१ हजार रुपैयाँ सरकारबाट प्राप्त गरेकोले सो ऋण रकमको ब्याज बापत सो करदाताले प्राप्त गरेको आम्दानीमा अनुगमन गरी नेपाल सरकारबाट प्राप्त सहुलियत ब्याज १ करोड ८६ लाख ४१ हजार रुपैयाँ र सोमा कानून बमोजिम जरिवाना असुल गर्नुपर्छ’, कार्यालयले भनेको छ ।

पूर्ण ऋणको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५६ मा बैंक तथा वित्तीय संस्थाले जुन प्रयोजनका लागि कर्जा दिएको हो सोही प्रयोजनका लागि ऋणीले कर्जा रकम सदुपयोग गरे नगरेको सम्बन्धमा अनुगमन गर्नुपर्ने व्यवस्था छ।