काठमाडौं – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ। आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु.एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
साथै, तेजावी सुनको मूल्य प्रतितोलामा रु. तीन सयले बढेर रु. एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ। साथै चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ।
प्रतिक्रिया