३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। कार्यालयले एक सूचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको जानकारी दिएको हो।

कार्यालयले ९१ दिनको लागि ५ अर्बको नयाँ र ५ अर्ब नवीकरण गरी १० अर्बको ट्रेजरी विल जारी गर्न लागेकाे हाे, भने १८२ दिनको लागि ६ अर्बको नयाँ र ५ अर्ब नवीकरण गरी ११ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ। 

त्यस्तै, ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ। यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते, मंसिर ११ गते र २०८२ जेट १४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।