तेह्रथुम पावरले बोलायो पौष २८ मा साधारण सभा, पौष ५ गते देखि बुक क्लोज

तेह्रथुम पावरले बोलायो पौष २८ मा साधारण सभा, पौष ५ गते देखि बुक क्लोज

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो मंसिर २६ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा पौष २८ गते (बुधबार) होटल हार्दिक, बागबजार, काठमाण्डौंमा बिहान ११:००  बजेदेखि सुरुहुनेछ । 

सभामा आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ । 

त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/८९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमीक निर्धारण गरिने, रिक्त सञ्चालक समिति सदस्यको निर्वाच र मनोनयन लगायतका एजेन्डाहरु रहेका छन् । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ५ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ४ गते (आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

\"61b6f7894d516.jpg\"