बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणी खराब सूचीमा

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणी खराब सूचीमा


काठमाडाैं – चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी खराब सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।

आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी खराब सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको पाइएको हो।

यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३१ हजार ५४७ जना ऋणी खराब सूचीमा परेका छन्। यस अवधिमा खराब सूचीबाट बाहिरिएका ऋणीको संख्या ८ हजार ३०७ रहेको छ।