ग्लोबल आईएमई बैंकको साधारण सभा १३.५ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न

ग्लोबल आईएमई बैंकको साधारण सभा १३.५ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज (मंसिर २७ गते, सोमबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभामा बैंकका अध्यक्ष कल्याण बन्धु अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने र बैंकको पुँजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन/परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिएको छ ।