सरकारको सार्वजनिक ऋण २३ खर्ब माथि

सरकारको सार्वजनिक ऋण २३ खर्ब माथि


काठमाडौं – चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०।०८१ अनुसार आन्तरिक ऋण ४९ दशमलव ६ प्रतिशत र बाह्य ऋण ५० दशमलव ५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म संघीय सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५६ करोड बाह्य ऋण परिचालन गरेको छ ।