बीमा प्राधिकरणको बोर्ड सचिवमा दिनेशलाल कर्ण नियुक्त

बीमा प्राधिकरणको बोर्ड सचिवमा दिनेशलाल कर्ण नियुक्त


काठमाडाैं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति बोर्डको सचिवमा निर्देशक दिनेशलाल कर्ण नियुक्त भएका छन्। प्राधिकरण सञ्चालक समितिको आज बैठकले निर्देशक कर्णलाई बोर्ड सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

 आज आइतबारबाटै उनको कार्यकाल लागू भएको छ। यसअघि बोर्ड सचिवको जिम्मेवारी कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्हाल्दै आएका थिए।