महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै


काठमाडाैं – महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ । 

महालेखापरीक्षक तोयम रायाले आइतबार दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए। 

सार्वजनिक निकायहरूको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो।