मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित ४ ओटा कम्पनीको साधारण सभा भोली (मंगलवार) हुदै

मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित ४ ओटा कम्पनीको साधारण सभा भोली (मंगलवार) हुदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
चार ओटा अलग-अलग कम्पनीले मंगलवार साधारण सभा बोलाएका छन् ।

मेगा बैंक,सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । मेगा बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ ।

सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैक अफ नेपालले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । 

त्यस्तै सोल्टी होटलले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा सभा हुने जानकारी दिएको छ  ।सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश  प्रस्ताव गरेको छैन । 

त्यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिहानको १० बजे होटल पोखरा ग्राण्ड पोखरा १७ पार्दीमा सभा गर्न लागेको छ । सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।