लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमवार लुम्बिनी विकास बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४२९ दशमलव ६५ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४८५ दशमलव ५० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११स्१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ ।

साथै सभाले यस विकास बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।