नौ अर्बको ‘विकास ऋणपत्र–२०८७’ को बोलकबोल आज, निष्कासन भोलि


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले खुला गर्न लागेको ६ वर्षे अवधिको नौ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोल आज (आइतबार) हुँदैछ। व्यवस्थापन कार्यालयले ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको कास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने लागेको हो।

साथै, यसको निष्कासन भोलि (जेठ १४ गते) हुनेछ । यस विकास ऋणपत्रको सावाँ भुक्तानी २०८७ जेठ १४ हुने र ब्याज अर्धवार्षिक रूपमा हुनेछ । यद्यपि, ब्याजमा आयकर लाग्ने कार्यालयले जनाएको छ। यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै नेपाली नागरिकले खरिद गर्न पाउनेछन्। यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने कार्यालयले जनाएको छ।

इच्छुक व्यक्तिले घटीमा रु पाँच लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन्। खरिद गर्दा आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुन आउने रकम धरौटीबापत जम्मा गर्नुपर्नेछ।