बीमा सर्भेयरहरुलाई केवाईसी अपडेटका लागि प्राधिकरणको निर्देशन

बीमा सर्भेयरहरुलाई केवाईसी अपडेटका लागि प्राधिकरणको निर्देशन


काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । प्राधिकरणबाट व्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रहेका बीमा सर्भेयरहरुलाई आफ्नो विवरणहरु तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न अनुरोध गरेको हो ।

प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आज अर्थात् जेठ ११ गतेबाट ३० दिन भित्र प्राधिकरणको वेबसाईट मार्फत आवश्यक कागजात पेश गरी केवाईसी अपडेट गर्न निर्देशन दिएको हो ।

उक्त केवाईसी अपटेड नगरेको कारणबाट सर्भेयरको इजाजतपत्र नवीकरण र सोसँग सम्बन्धित कार्यमा समस्या देखिएमा स्वयं नै जिम्मेवार रहने प्राधिकरणले जनाएको छ ।