काठमाडौं– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थप गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अदालत पेस गर्ने भएकाे छ। बुधबार बिहानै धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याइएका सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि प्रहरीले आज अदालत पेस गर्ने भएको हो।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले सिरोहियालाई जिल्ला अदालत लाने तयारी भइरहेको जानकारी दिए। डीएसपी अवाले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने,‘ दाेस्राे पटक म्याद थपका लागि आज हामी उहाँलाई जिल्ला अदालत धनुषामा लैजादै छौँ’, हामीले ५ दिनको म्याद माग्नेछौँ।’
नागरिकता दुरुपयोग गरेको भनी सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दिएका थिए। धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । म्याद बिहिबार नै सकियो । तर बिहिबार सार्वजनिक बिदा रहेकाले प्रहरीले म्याद थपका लागि आज पेश गर्न लागेकाे हाे।
प्रतिक्रिया