काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बसेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन बनेको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएपछि बैठकमा सहमति नजुटेको हो । यो नयाँ प्रस्तावमा केही समयपछि फेरि बैठक बस्ने बताइएको छ ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन्। यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी थिए ।
प्रतिक्रिया