तोलामा रु. एक हजार आठ सयले घट्यो सुनको मूल्य


काठमाडाैं – शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य एक हजार आठ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु. एक लाख ३६ हजार नौ सयमा काराेबार भइरहेकाे छ।

बिहीबार छापावाला सुन तोलामा रु. एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ।

बिहीबार तोलामा रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ५५ निर्धारण भएको छ।