लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार बुक क्लोज गर्ने भएसँगै मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११:१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ ।

साथै सभाले यस विकास बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।