मेरो माइक्रोफाइनान्सको साधारण सभा २१.०५ % लाभांश पारित गर्दै सम्पन्न

मेरो माइक्रोफाइनान्सको साधारण सभा २१.०५ % लाभांश पारित गर्दै सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

नुवाकोट बट्टारमा आयोजित सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुका साथै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु निर्विरोध रुपमा चयन गरेको छ । जसमा  प्राइम कमर्सियल बैंकको तर्फबाट संजिव मानन्धर,सिटिजन्स बैंकको तर्फबकाट सुमित बाबु खत्रि,ग्लोब आइएमई बैंकको तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकको तर्फबाट सजना मानन्धर निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको शुक्रवार नै बसेको ११९औं बैठकले संजिव मानन्धरलाई अध्यक्षमा सर्वम्मत चयन गरेको छ ।