एनआईसी एशिया लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

एनआईसी एशिया लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । 

कम्पनीले कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा नगद लाभांश जम्मा भइसकेको बताएको छ ।

कम्पनीले मंसिर ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको हो । उक्त लाभांश आफ्नो बैंक खातामा प्राप्त भए/नभएको यकिन गर्न पनि कम्पनीले शेयरधनीलाई भनेको छ ।

कम्पनीले हालसम्ममा पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन पनि भनेको छ । शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।