मुक्तिनाथ विकास बैंकको साधारण सभा शनिवार हुँदै

मुक्तिनाथ विकास बैंकको साधारण सभा शनिवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा मंसिर २५ गते शनिवार (भोली) हुँदैछ । 

कम्पनीले सभा बिहान ९ बजे होटल जल महल घारीपाटन पोखरा, कास्कीमा हुने जानकारी दिएको छ । सभाले १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गते देखि २५ गतेसम्म बन्द गरेको छ । यस आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।