मञ्जुश्री फाइनान्सद्धारा आकर्षक लाभांश घोषणा, कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने

मञ्जुश्री फाइनान्सद्धारा आकर्षक लाभांश घोषणा, कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं । 
मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ ।

फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।