एनएमबि लघुवित्तको २२.६३५ लाभांश पारितको प्रस्ताव सहित पुस २६ मा साधारण सभा

एनएमबि लघुवित्तको २२.६३५ लाभांश पारितको प्रस्ताव सहित पुस २६ मा साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।
 
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य लघुवित्तसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयधरनीहरुले साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।