प्रभु बैंकको पुस १८ गते साधारण सभा, १२.६३५ लाभांश पारित गर्ने

प्रभु बैंकको पुस १८ गते साधारण सभा, १२.६३५ लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु बैंकले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आफ्नै केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

सभामा सञ्चाक समितिले प्रस्ताव गरे बमोजिम १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय भएका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते (एक दिन) बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।