सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं साधारण सभा पुस १५ गते आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १२ दशमलव ७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०स्४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयधरनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।