शुक्रवार नेप्सेमा लक्ष्मी बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

शुक्रवार नेप्सेमा लक्ष्मी बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार तीन ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो भने नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

लक्ष्मी बैंक, समता घरेलु लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ र नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २७० दशमलव ३७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागिसमेत० वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ ।

त्यस्तै, नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १२५ दशमलव ८३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ दशमलव ३५१ मा अन्तिम कारोबार भएको थियो

समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ ।

त्यसैगरी, नेप्सेले नारायणी डेभलपमेण्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८५६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

नारायणी डेभलपमेण्ट बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।