नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा


काठमाडाैं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ। 

सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यसपटक कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।

सभामा गत आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ। सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।