काठमाडौं – कुमारी बैंक लिमिटेडले शेयरधनीहरूको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।



About Us
प्रतिक्रिया