नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, एक नेपालीको थाप्लोमा कति ?

नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, एक नेपालीको थाप्लोमा कति ?


काठमाडाैं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकमा नेपालकाे सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ पुगेको हो। 

२०७८ को जनगणनाअनुसारको जनसंख्या (दुई करोड ९१ लाख ६४ हजार ५७८) आधारमा प्रति नेपाली ८२ हजार २०४ रुपैयाँ ऋण देखिन्छ । तथ्यांकअनुसार चालु आवको १० महिनामा मात्रै सरकारको ऋण ९८ अर्ब ८ करोड रुपैयाँ थपिएको छ । चालु आवको सुरुमा अर्थात् गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २२ खर्व ९९ अर्ब रूपैयाँ रहेको थियो ।

यो १० महिनामा त्यो ९८ अर्व आठ करोड थप भएर २३ खर्व ९७ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ। सरकारको कुल ऋण कुल ग्राहस्थ उत्पादन जीडीपीको तुलनामा ४२.०२ प्रतिशत अनुपात हो। तथ्यांकअनुसार बैशाखमा मात्रै कुल सार्वजनिक ऋण ११ अर्व ६४ करोड रुपैयाँ थपिएको  छ। कुल ऋणमा आन्तरीक ११ खर्ब ८४ अर्ब ४८ करोड रुपियाँ र बाह्य १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रुपैयाँ रहेको छ ।