महिला लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न, पारित भयो ५० % लाभांश

महिला लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न, पारित भयो ५० % लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

काभ्रेको धुलिखेलमा आयोजित सभाले आव २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

त्यसैगरी सभाले यस कम्पनी अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/ गाभिने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । ४७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७५ लाख पुगेको छ ।