सूर्योदय लघुवित्तको साधारण सभा आह्वान, पुस १ गतेदेखि बुक क्लोज

सूर्योदय लघुवित्तको साधारण सभा आह्वान, पुस १ गतेदेखि बुक क्लोज


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २२ गतेको सञ्चालक समितिको बैठकले स्याङ्जामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई समेत टुङ्ग्याउनेछ । सभाले हाल कायम चुक्तापूँजी २४ करोड ८० लाख ४२ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई समेत अनितम रुप दिनेछ । 

साथै सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जर प्रकृयामा जाने भएकाले त्यसका लागि कायम भएको १ बराबर १ को शेयर आदान प्रदान अनुपातलाई स्वीकृति प्रदान गर्ने र मर्जर पश्चात बन्ने कम्पनीको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।