मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा शुक्रवार

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा शुक्रवार


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा शुक्रवार बोलाएको छ ।

कम्पनीले सभा बिहान ११ः३० बजे होटल टावर, बिदुर ४ नुवाकोटको सभाकक्षमा मा बोलाएको जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी आव २०७८/७९ को  लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र यस लघुवित्त अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर ९ गतेदेखि २४ गतेसम्म बन्द रहेको छ । यस आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।