स्वाभिमान लघुवित्त र आइसिएफसि फाइनान्सको शेयरमूल्य समायोजन

स्वाभिमान लघुवित्त र आइसिएफसि फाइनान्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ९१९ दशमलव ८८ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ५४० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले आइसिएफसि फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६३९ दशमलव ८२ तोकेको छ ।
कम्पनीको बुधवार रू. ७३० दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।

आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि आज (बिहीवार) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो ।

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।