आईपीओ जारी गर्ने प्रस्ताव सहित सगरमाथा जलविद्युतको पहिलो साधारण सभा पुस १४ गते

आईपीओ जारी गर्ने प्रस्ताव सहित सगरमाथा जलविद्युतको पहिलो साधारण सभा पुस १४ गते


बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाको प्रस्तावमा आईपीओ जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।