भयानक दुर्घटनाबाट जोगियो २३९ जना सवार जहाज

भयानक दुर्घटनाबाट जोगियो २३९ जना सवार जहाज


काठमाडौं – लण्डनबाट सिंगापुरतर्फ जादै गरेकाे सिंगापुर एयरलाइन्सको बोईङ ७७७ जहाज पूर्वी एसियाको मध्य आकाशमा एउटा भयानक दुर्घटनामा पर्नबाट जोगिएको छ। लण्डनबाट सिंगापुर रुटमा रहेको सिंगापुर एयरलाइन्सको एसक्वी ३२१ उडान नम्वरको बोईङ ७७७ जहाज म्यानमार र थाईल्याण्डको आकाशमाथि जब भयानक आँधीमा फस्न पुगेको थियो ।

मध्य आकाशमा साढे १० घण्टा यात्रा गरिसकेको जहाज एक्कासी आँधीमा फस्न पुग्दा आकाशमै हजारौं फिट तलमाथि हुँदै अप्स डाउनको समस्यामा फसेको थियो । तर, चालकदले कुशलतापुर्वक जहाजलाई थाईल्याण्डको सुवर्णभूमि विमानस्थलमा आपतकालिन अवतरण गराउन सफल भएका थिए ।

घटनामा एक जनाको निधन भएको छ। बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ७३ वर्षीय बेलायती नागरिकको हृदयघातको कारण मृत्यु भएको शंका गरिएको छ। त्यसमा, ७१ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था जटिल रहेकाले उपचार भइरहेको छ। जसबाट जहाजभित्रका यात्रुहरु जहाजभित्रै जथाभावी ठोक्किएर घाइते भएका हुन् । १८ जना चालक दलका सदस्य रहेको सो जहाजमा २११ जना यात्रु थिए।