काठमाडाैं – साताको चौथो कारोबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। मंगलबार प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ।
आज चाँदीको मूल्य भने १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ। यस दिन चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया