काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित सांग्रिला बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।





About Us
प्रतिक्रिया