सहकारी ठगी प्रकरण खुलासाको प्रतिशोध स्वरूप मलाई प्रकाउ गरियो : कैलाश सिरोहिया

सहकारी ठगी प्रकरण खुलासाको प्रतिशोध स्वरूप मलाई प्रकाउ गरियो : कैलाश सिरोहिया


काठमाडौं – कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको छ। पक्राउ पर्नु अगाडि अध्यक्ष सिरोहियाले पत्रकार सम्मेलन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी अपचलनमा मुछिएको विषयलाई कान्तिपुर दैनिक पत्रिकाले श्रृङ्खलाबद्ध रुपमा समाचार प्रकाशन/ प्रशारण गरेको विषयलाई प्रतिशोधको विषय बनाएको भन्दै आपत्ति जनाएका थिए। साथै उनले नागरिकता प्रकरणमा आफूलाई कुनै सोधपुछ नगरी पक्राउ पुर्जी जारी गरेको पनि आरोप लगाएका छन्।

आफूले यसअघि यस विषयमा सामाजिक सञ्जालमार्फत अनुसन्धान आवश्यक भए तयार रहेको बताइसकेकाे जनाएका थिए।सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो।

प्रहरीको अनुरोधसँगै जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनले त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका छन्। सिरोहियाले सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेकाे अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ।